काठमाडौँ । पक्राउ पुर्जी जारी भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आक्रोश व्यक्त गर्नु भएको छ ।
पक्राउ पुर्जी जारी भएपछि रास्वपा सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत सरकारप्रति ओक्रोश पोख्नु भएको हो । उहाँले सरकार मरेको र आफूहरुलाई जुठो परेको बताउनुभयो । लामिछानेले तपाईको हातमा तस्करले दिएको करोड पर्ने घडी र विचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने मुद्दा मैले खेपि दिनुपर्ने ? भनेर प्रश्नसमेत गर्नु भएको छ । सरकारको नेतृत्व गरेका दलका नेताहरुलाई लक्षित गर्दै लामिछानेले उनीहरुले करोडौँको जग्गा खुलमखुल्ला लिने, नेतासँग मिलेर ८७ अर्ब अपचलन गरेको लगायतका आरोप लगाउनु भएको छ । उहाँले यो सरकारबाट पीडितहरुले न्याय पाउन नसक्ने पनि उल्लेख गर्नु भएको छ । भ्रष्टाचारी समाउन आफूले प्रधानमन्त्री पद नै लत्याएको उहाँले बताउनुभयो । भ्रष्टाचारीलाई जोगाउन आफूले लत्याएको प्रधामन्त्री पद केपी ओलीले रातारात विचौलियालाई साक्षी राखेर लिएको लामिछानेको आरोप छ ।
प्रधानमन्त्री केपी ओलीले आफूलाई उहाँले भन्नुभएको छ,‘ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो ।’
सामाजिक सञ्जालमा लामिछानेले लेख्नुभएको छ,‘ सरकार म¥यो,हामीलाई जुठो प¥यो !!
तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ??
तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने ?
तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने ।
तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?
तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने ?
यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता ÷कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ । अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ ।
ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु ।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पु¥याएको यो देशले चाडै देख्ने छ । शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् ।
अहिलेलाई,सरकार म¥यो हामीलाई जुठो प¥यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ । प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन ।