रविले भीडलाई सम्बोधन गर्दै भने,‘म कही भागेको छैन, छाती खोलेर बसेको छु’

काठमाडौँ । अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै रास्वपा सभापति रवि लामिछानेले पार्टी कार्यालयमा नेता तथा कार्यकर्ता भेला गरेर दलबलसहित बस्नु भएको छ ।

सहकारी ठगी आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार पक्राउ पुर्जीको आदेश गरेको थियो । त्यस लगत्तै रास्वपा सभापति लामिछानेले पार्टी कार्यालयमा नेता तथा कार्यकर्ता भेला गरेर बसेका हुन् । अहिले रास्वपा पार्टी कार्यालय अघि दलका नेता तथा कार्यकर्ता र सञ्चारकर्मीहरुको भीड लागेको छ । उक्त भीडलाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले आफू कही नभागेको र छाती खोलेर बसेको बताउनुभयो । उहाँले भन्नुभएको छ,‘ म कही भागेको छैन, छाती खोलेर बसेको छु ।’

उपस्थित कार्यकर्ताहरु अहिले पार्टी कार्यालयमा नाराजुलुस गरेर बसिरहेका छन् ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal