रामेछापको तामाकोशीमा निर्माणाधीन पुल भाँचियो

रामेछाप । रामेछापको तामाकोशीमा निर्माणाधीन पक्की पुल भाँचिएको छ ।
जिल्लाको मन्थली नगरपालिका वडा नं. ६ कुनौरी र वडा नं. ७ भटौली जोड्ने तामाकोशीमा निर्माणाधीन पुल शुक्रबार भाँचिएको हो । निर्माणको क्रममा रहेको पक्की पुल निर्माण सम्पन्न नहुँदै भाँचिएको स्थानीय गोपाल माझीले जानकारी दिनुभयो । तीन वटा स्ल्याब रहेको पुलको मध्य भागको स्ल्याब भाँचिएको उहाँको भनाई छ । प्राविधिक स्टिमेट अनुसार कूल लम्बाई २ सय ३० मिटर र ११ मिटर चौडाई रहेको उक्त निर्माणको जिम्मा भ्याट र पिएस आइटम बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा कालिका–कल्पवृक्ष जेभीले लिएको थियो ।
पुल भाँचिनुको कारण भने हालसम्म पहिचान हुन सकेको छैन । प्राविधिक त्रुटीका कारण वा गुणस्तरहीन मालसामानको प्रयोग, के कारणले गर्दा पुल भाँचियो ? भन्ने कुरा अध्ययन पछि मात्रै एकीन हुने बताइएको छ ।

© 2025 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal