रामेछाप । रामछापको मन्थली नगरपालिका वडा नं. ६ स्थित बोक्से पहराबाट स्कारपियो खस्दा एक महिलाको मृत्य भएको छ भने एक पुरुषको घाइते भएका छन् ।
दुर्घनामा मन्थली नगरपालिका वडा नं. १ बस्ने वर्ष ४० की राधा कार्की चौहानको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनका श्रीमानको मन्थली सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताउनुभयो ।
आइतबार बिहान मन्थलीबाट छोरालाई भेट्न हेटौँडा जानेक्रममा विपी लोकमार्गअन्तर्गत मन्थली-खुर्कोट सडक खण्डको बोक्से पहराबाट श्रीमान-श्रीमती सवार स्कारपियो भीरबाट तामाकोशीतर्फ खसेको हो ।
स्कारपियो भीरमा अड्किएकोले उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । जसले गर्दा स्कारपियोको नम्बरसमेत पहिचान हुन सकेको छैन ।

















