रामेछाप — पञ्चेबाजा संरक्षण समाज रामेछापको अध्यक्षमा गोपाल नेपाली चयन भएका छन् ।
सदरमुकाम मन्थलीमा शनिबार पञ्चेबाजा संरक्षण समाज रामेछापका निवर्तमान अध्यक्ष ज्ञानबहादुर सुन्दासको अध्यक्षता एवम् मन्थली नगरपालिका वडा नं. १ का वडा अध्यक्ष होम प्रासद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले अध्यक्ष नेपालीको नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा लक्ष्मण नेपाली, सचिवमा राजन सुन्दास, कोषाध्यक्षमा रामहरी दमाईलाई चयन गरेको छ । यस्तै, सदस्यहरुमा कमला सुन्दास माझी, विनायक नेपाली, गोपाल दमाई, सरोज नेपाली र रामु नेपालीलाई चयन गरेको छ ।
नेपाली मौलिक पञ्चेबाजाको संरक्षण गर्ने उद्देश्यले २०७४ सालमा ज्ञान बहादुर सुन्दासको अध्यक्षतामा गठन गरिएको पञ्चेबाजा संरक्षण समाज रामेछापले परियार समुदायले सदियौँदेखि प्रयोग गर्दै आएका बाजाहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै आएको छ ।