काठमाण्डौ – फ्रान्स गर्भपतनलाई संवैधानिक अधिकार दिने पहिलो देश बनेको छ । गर्भपतनलाई संवैधानिक अधिकार बनाइएसँगै फ्रान्स संविधानमा गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बनेको हो ।
फ्रान्सेली संसद्का सदस्यहरूले यसका लागि संवैधानिक संशोधनलाई अनुमोदन गरेका छन् ।
गर्भपतनलाई संवैधानिक अधिकार बनाउन फ्रान्सको सन् १९५८ को संविधान संशोधन गरिएको थियो । यसबाट महिलालाई गर्भपतन गराउने स्वतन्त्रता दिइएको छ ।