सुदूरपश्चिम प्रदेशमा माओवादीका राज्यमन्त्रीसहित तीन मन्त्री बर्खास्त

काठडमौँ— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका माओवादी केन्द्रका तीन जना मन्त्रीलाई बर्खास्त गर्नु भएको छ ।
माओवादीका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाउनु भएको हो ।

सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता शाहको नेतृत्वमा प्रदेश सरकार छ । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री शाहले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal