तीन उपप्रधानसहित १६ नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ — नवनियुक्त उपप्रधानसहित १६ जना मन्त्रीले शपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा बुधबार एक समारोहबीच तीन जना उपप्रधानमन्त्रीसहित १६ जनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पुनर्गठित मन्त्रिपरिषद्का तीन सदस्यले भने सोमबारै शपथ लिएका थिए ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal