काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ सत्तासमीकरण फेरी पनि उथलपुथल हुन बेर नलाग्ने बताउनु भएको छ ।
बिहिबार काठमाडौँमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो । विकास निर्माणको कामलाई गति दिने, सुशासन कायम गर्ने लगायतका कामहरु गर्ने भनेर आफूले नयाँ सत्ता समीकरण बनाएको उल्लेख गर्दै उहाँले ती काम हुन नसके फेरि पनि उथलपुथल गर्न बरे नलाग्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘ विकास निर्माणको कामलाई गति दिन, सुशासन कायम गर्न नयाँ सत्ता समीकरण बनाएका हौँ, ती काम हुन नसके, फेरी पनि उथलपुथल हुन बेर लाग्दैन ।’