
रामेछाप । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा नवराज विक चयन हुनुभएको छ ।
शनिवार सदरमुकाम मन्थलीमा सम्पन्न भएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति रामेछापको दोस्रो अधिवेशनले विकको नेतृत्वमा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सञ्जना रसाइली, सचिवमा राज लोहनी, सह–सचिवमा कुमार मिजार र कोषाध्यक्षमा सम्झना उकुर्टी चयन हुनु भएको छ । त्यसै गरी सदस्यहरूमा शर्मिला विशुन्के र कल्पना रसाइली चयन हुनुभएको छ ।
अधिवेशनले केन्द्रीय पार्षद् र प्रदेश पार्षद् पनि चयन गरेको छ । सङ्घका निवर्तमान अध्यक्ष लेखबहादुर विक र रामचन्द्र विक केन्द्रीय पार्षद् र मिलन घिमिरे प्रदेश पार्षद्मा चयन हुनु भएको छ ।