
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस कमिटीको आयोजनामा भएको सतरञ्ज (चेस) प्रतियोगिताको प्रथम विजेता अविनाश कार्की बन्नु भएको छ ।
अनेरास्ववियु मन्थली क्याम्पस कमिटीको आयोजनामा आइतबारदेखि मन्थली क्याम्पसमा सुरु भएको चेस प्रतियोगिताको प्रथम पुरस्कार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस समितिका सभापति अविनाश कार्कीले हात पार्नु भएको हो । प्रतियोगिताको द्धितीय पुरस्कार कर्ण श्रेष्ठले हात पार्नु भएको थियो भने तृतीय पुरस्कार आश्विन पौडेलले पाउनु भएको थियो ।
अनेरास्ववियु मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस कमिटीका संयोजक जोहोनसोन कार्कीको अध्यक्षता र अनेरास्ववियु केन्द्रीय कमिटीका सदस्य तथा रामेछाप जिल्लाका इञ्चार्ज टक घतानीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको प्रतियोताको प्रमथ, द्धितीय र तृतीय पुरस्कार राशी क्रमशः नगद रु.३,०००, रु.२०००, रु. १००० र प्रमाण–पत्र समेत रहेको थियो ।प्रतियोगितामा ८ जनाको सहभागिता रहेको अनेरास्ववियु मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस कमिटीका संयोजक जोहोनसोन कार्कीले जानकारी दिनुभयो । विशेषतः यो खेल मानव मस्तिष्कसँग जोडिने भएकोले विद्यार्थीको बौद्धिक क्षमतालाई प्रवद्र्धन गर्न र हौसला प्रदान हो
स् भन्ने उद्देश्यका साथ चेस प्रतियोगिताको आयोजना गरिएको संयोजक कार्कीले बताउनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा विजेता हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि टक घतानीले पुरस्कार प्रदान गर्नु भएको थियो ।