
काठमाडौँ — कृषि दशक मनाउने घोषणा गरेको सरकारले कृषि क्षेत्रको बजेट भने घटाएको छ ।
सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट १ अर्ब ६९ करोड रुपैयाँ बराबरको रकम घटाएको हो । मंगलबार संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय तर्फको बजेट ५७ अर्ब २९ करोड रहेको घोषणा गर्नुभयो ।
चालु आर्थिक वर्षको कृषिको बजेट ५८ अर्ब ९८ करोड बिनियोजन भएको थियो । चालु आर्थिक वर्षको विनियोजित कृषितर्फको बजेटको तुलनामा आगामी आर्थिक वर्ष ०८१।०८२ को बजेट १ अर्ब ६९ करोडले कम हो ।