आगामी आर्थिक वर्षको बजेट सार्वजनिकः कूल बजेट १८ खर्ब ६० अर्ब ३० करोड

काठमाडौँ — आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

यो बजेट यस वर्षको सुरुको विनियोजन भन्दा करिब २१ प्रतिशत र संशोधित अनुमानको ६.२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । अर्ध वार्षिक समीक्षामार्फत त्यसलाई सवा २ खर्ब घटाएको थियो ।
यसैबीच, सरकारले नेपालको प्रतिव्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको बताएको छ । अर्थमन्त्री पुनले प्रतिव्यक्ति आयको तथ्यांक पेश गर्दै नेपालको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ डलर पुगेको बताउनु भयो ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal