
काठमाडौँ । दलित समुदायको सशक्तीकरणको लागि सरकारले आगामी आर्थिक वर्ष २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले दलित समुदायको रैथाने सीप, ज्ञान, पेशाको आधुनिकीकरण गरी रोजगारी सिर्जना र जीविकोपार्जन कार्यक्रम सञ्चालनका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताउनु भयो ।
सरकारले दलित सशक्तीकरणका लागि दलित, उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत विकास गर्ने भएको छ । दलित समुदायको संविधान प्रदत्त अधिकारको प्रत्याभूति गर्न दलितको सशक्तीकरण गर्नको लागि प्राधिकरणको संस्थागत विकास गरिने बताइएको छ ।