काठमाडौँ । सरकारले विपन्न नागरिकको उपचार सहायताको लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार संसदमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनु भएको हो । विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृर्गौला, अल्जाईमर्स, पार्किन्सस, स्पाईनल इञ्जुरी, हेड इञ्जुरी तथा सिकलसेल एनिमिया लगायतका रोगको उपचार सहुलियको लागि प्रति बिरामी व्यक्ति १ लाख रुपैयाँ बराबरको रकम प्रदान गर्न ३ अर्ब रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुयभो ।