छात्रवृत्तिको दायरा बढाइयोः अब कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले छात्रवृत्ति पाउने

काठमाडौँ । अतिविपन्न तथा सीमान्तकृत वर्गका विद्यार्थीले पाउँदै आएको छात्रवृत्तिको दायरा बढाएको छ ।
मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनु भएको हो । यसअघि अतिविपन्न र सीमान्तकृत वर्गको बालबालिकाको शिक्षामा सहज पहुँचका लागि कक्षा ९ देखि १२ सम्म प्रदान गरिँदै आएको छात्रवृत्तिको दायरालाई बढाएर आगामी आर्थिक वर्षबाट ६ देखि १२ कक्षासम्म छात्रवृत्ति प्रदान गरिएको उहाँले बताउनु भयो ।
यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुनेछन् । विद्यालय तहमा प्रदान गरिने सबै किसिमका छात्रवृत्तिको लागि ६० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पुनले बताउनु भयो ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal