आगामी वर्ष २ लाख व्यक्तिले यूनतम सय दिनको रोजगारी पाउनेः ६ अर्ब बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१।०८२ मा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत २ लाख व्यक्तिलाई न्युनतम एक सय दिनको रोजागारी दिने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त सदनमार्फत आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनु भएको हो । उहाँले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’बाट स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक तथा मर्मत सम्भार आयोजनाको काममा सहभागी गराई करिब दुई लाख व्यक्तिलाई रोजगारी प्रदान गरिने बताउनु भयो ।
त्यसका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal