भूमिहीन दलित, सुकम्बासीसहित ५ लाख परिवारले आगामी वर्ष जग्गाधनी प्रमाणपूर्जा पाउने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष ५ लाख परिवारलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने भएको छ ।
आगामी आर्थिक वर्ष ०८१।०८२ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनु हो । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित लगायतका ५ लाख परिवारलाई आगामी आ.व. भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराईने उहाँले बताउनुभयो ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal