काठमाडौँ । ललितपुरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी रामेछापका एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका वडा नं. ६ स्थित भलुवाजोरका २४ वर्षीय विजय घिसिङ रहेका छन् । बल्खुबाट धोबीघाटतर्फ जाँदै गरेको बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल ललितपुरस्थित सानेपामा मंगलबार बिहान ५ः०० बजे एक्कासी अनियन्त्रित भई दुर्घटना घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार सञ्जय घिसिङ घाइते भएका छन् । प्रहरीकाअनुसार घाइते घिसिङको सानेपास्थित स्टार अस्पतालमा उपचार भइरहेको छ ।