भ्रष्टहरूले भन्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन : लेखनाथ दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवम् प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद दाहालले कसैले भन्दैमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने र विश्वासको मत लिने बताउनु भएको हो । ‘कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईंहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन’, उहाँले भन्नुभयो, ‘संवैधानिक व्यवस्थाअनुसार नै सरकार अगाडि बढ्छ । कोही अनैतिक र भ्रष्टले नैतिकताको पाठ पनि सिकाइरहनु पर्दैन ।’

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै उहाँले सोही बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने बताउनुभयो । सोहीअनुसार प्रधानमन्त्री प्रचण्ड अगाडि बढेको उहाँले जिकिर गर्नुभयो । संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन खोज्नुलाई अनैतिक भन्न नमिल्ने उहाँको तर्क थियो ।

© 2025 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal