गिरिबन्धुको कालो धब्बाले छोपिएर भागेकाहरुले नैतिकता सिकाउन मिल्दैनः सांसद सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले गिरिबन्धुको कालो धब्बाले छोपिएका र बेचन झाको पक्राउले बेचैन भएर भाग दौडमा रहेकाहरुले नेकपा माओवादीलाई नैतिकताको पाठ सिकान नमिल्ने बताउनु भएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री र गृहमन्त्रीले भुटानी शरणार्थी काण्डको फाइल फेरि खोल्ने भनेपछि र बेचैन झालाई पक्राउ गरेपछि बैचैन भएर भागदौडमा रहेकाहरुले नैतिकता सिकाउनु उचित नहुने बताउनुभयो ।
‘प्रधानमन्त्री र गृहमन्त्रीसहित पारदर्शिता कायम गर्नका निमित्त भुटानी शरणार्थी सम्बन्धी फाइल फेरि खोल्ने भनेर अगाडि बढ्नु भो । बैचन झाको गिरफ्तारी र त्यसबाट प्राप्त भएका तथ्य, प्रमाणहरु विस्तारै सार्वजनिक हुँदै गए । रोष्टमबाटै गृहमन्त्रीले पनि भन्नु भो, सार्वजनिक रुपमा प्रधानमन्त्रीले बोल्नु भो । बेचन झाका प्रमाणहरु आएपछि तपाईहरु डुङ्गा प्वाल परेको देख्नु भो, पँचासको दशमा तपाईहरु नै भन्ने गर्नुहुन्थ्यो, कमल थापाहरुलाई डुङ्गा प्वाल पारेर भाग्नेहरु मुसा प्रवृत्तिका हुन् भनेर । डुङ्गा प्वाल पर्नेबित्तिकै मुसाहरु भाग्छन्, बहादुरहरुले सामना गर्छन् । तपाईहर नैतिकताको पाठ सिकाएर गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपिएर, बेचन झाले बेचैनले भागदौडमा रहेकाले हामीलाई नैतिकता सिकाउने, उहाँले भन्नुभयो ।’

सांसद सापकोटाले कांग्रेस–एमालेबीच भएको सहमतिप्रति आशंका व्यक्त गर्नुभयो । दुई दलहरुबीचको सहमति अपारदर्शी भएको उल्लेख गर्दै उहाँले यसबाट स्थिरता नआउने दाबी गर्नुभयो । दिनभर प्रधानमन्त्रीसँग छलफल गर्ने र अर्का नेताहरूलाई कांग्रेससंग सहमति गर्न व्यक्तिको घरमा पठाउने कामले नैतिकताप्रति पनि प्रश्न उठेको उहाँको तर्क थियो ।

सांसद सापकोटाले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिन सक्ने व्यवस्था संविधानमा रहेको भन्दै प्रधानमन्त्रीले संविधानमा रहेको व्यवस्थालाई पालना गर्ने स्पष्ट पार्नुभयो । सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले सरकार बन्ने बताउनु भएको छ । सांसद सापकोटाले माओवादीले अन्य दलसँग सहकार्य गर्दा कुनै व्यक्तिको घरमा गएर अमुक सहमति नगरेको जिकिर गर्नुभयो । संविधान संशोधनका लागि प्रतिनिधिसभाका दुइतिहाई पु¥याउन कांग्रेस–एमाले सफल हुनसक्ने भए पनि राष्ट्रियसभामा असम्भव रहेको बताउनुभयो ।

© 2025 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal