
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिनेबारे जानकारी गराउनु भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम असार २८ गते विश्वासको मतका लागि प्रस्ताव राख्ने जानकारी आएको बताउन भएको हो । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि असार २८ गते प्रतिनिधि सभाको बैठक आह्वान गरेको जानकारी घिमिरेले दिनुभयो ।