फौजदारी न्याय प्रशासन सुधार कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौँ । फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । कार्यदलले ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रधानमन्त्रीसमक्ष बुझाएको हो ।

महान्यायाधिवक्ता दीनमणि पोखरेलको अध्यक्षतामा गठित कार्यदल’ले तयार पारेको सो प्रतिवेदन आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहालले प्रतिवेदन बुझेका हुन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कानुनको सुधारका लागि कार्यदल गठन गरिएको स्मरण गर्दै प्राप्त सुझावलाई सरकारले गम्भीररूपमा लिएर अगाडि बढाउने बताउनुभयो । प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र फौजदारी कसुर सजाँए निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ लगायत विभिन्न विषयत फौजदारी कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिइएको छ ।

महान्यायाधिवक्ता पोखरलेले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर फौजदारी, कार्यविधि, दण्डसजाँइ र संस्थागत सुधारका विषयमा कार्यदलले प्रतिवेदन तयार पारेको र यसले नीतिगत सुधारमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले विसं २०८० माघ १८ गते कार्यदल गठन गरेको थियो ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal