बाढी र पहिरोको कारण विपी र मदन भण्डारी राजमार्ग अवरुद्ध

सिन्धुली — लगातारको वर्षापछि आएका बाढी र पहिरोले बीपी र मदन भण्डारी राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ ।

बीपी राजमार्गको नेपालथोक–धुलिखेल सडक खण्ड अन्तर्गत काभ्रेको माम्ती खोला बाढीले बीपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । मदन भण्डारी राजमार्गको हरिहरपुरगढी गाउँपालिका हाक्पारामा पहिरो खसेर खस्दा यातायात अवरुद्ध भएको सिन्धुली प्रहरीका प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

दुवै राजमार्गको अवरोध हटाउने प्रयास भइरहेको छ ।

© 2025 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal