स्वास्थ्य बीमा रकम ५ लाख पु¥याउने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई बढाएर कम्तीमा पाँच लाख पु¥याउने घोषणा गर्नु भएको छ ।
आइतबार मन्त्रालयको प्राथमिकता र कार्य योजना सार्वजनिक गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई आम नागरिकको पहुँचमा पु¥याउने गरी त्यसको नीतिगत र कानुनी व्यवस्थापनमा पुनरावलोकन पनि गर्नेगरी कार्ययोजना तय गरिएको बताउनुभयो । त्यसैगरी, सरकारले बीमा सेवालाई गुणस्तरीय र यसको प्रक्रियालाई सहज बनाउन पनि लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । सरकारले भिन्नभिन्न कार्यक्रममार्फत निःशुल्क वा सहुलियत रुपमा स्वास्थ्य सेवा दिइरहेकामा सबै सेवा र सामाजिक सुरक्षाका कार्यक्रमलाई बिमाको छाता भित्र राख्न आवश्यक प्रबन्ध गरिने पनि उहाँले बताउनुभयो ।

“स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म २८ प्रतिशत नेपाली नागरिकमात्रै बिमामा आबद्ध भएको स्थिति छ । त्यसमा पनि नवीकरण घट्दो क्रममा छ । अहिलेको बीमा प्रणालीमा आम नागरिकको विश्वास घटिरहेको स्थिति छ । स्वास्थ्य बीमा ऐनले व्यवस्था गरेअनुसार स्वास्थ्य बिमामा आवश्यक सुधार र प्रक्रियालाई सहज बनाउँदै यसलाई सबै नागरिकको पहुँचमा पु¥याउने गरी हामीले निम्न कार्यक्रमहरु प्रस्ताव गरेका छौं। बीमाको हालको दायरालाई बढाएर यो मेरो प्रस्ताव हो कम्तीमा ५ लाख बराबरको बनाउनु पर्छ भन्ने प्रस्ताव रहेको छ, उहाँले भन्नुभयो ।”
स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापनका लागि एकीकृत स्वास्थ्य ऐन तर्जुमा गर्ने पनि उहाँले बताउनुभयो । मन्त्री पौडेलले संघ अन्तर्गतको अस्पतालहरूको काम कारबाहीमा एकरूपता ल्याउन र व्यवस्थित गर्नका लागि सो कानुनी प्रबन्ध गर्न लागिएको बताउनुभयो ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal