अनेरास्ववियु मन्थली नगर कमिटीद्वारा आयोजित खुल्ला स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले रामेछापको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मन्थली नगर कमिटीले आयोजना गरेको खुल्ला स्तरीय वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘अन्तर्राष्ट्रिय युवा दिवस’को अवसरमा नमूना माध्यमिक विद्यालय मन्थली मा.वि.को सभाहलमा सोमबार आयोजित प्रतियोगित सम्पन्न भएको हो । प्रतियोगितामा मन्थली नगरपालिकाभित्रका माध्यमिक विद्यालय तहमा अध्ययनरत १६ वटा मा.वि.बाट ३४ जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगिताको प्रथम पुरस्कार कर्कलादेवी अङ्ग्रेजी आवासीय विद्यालयका छात्र राशिक श्रेष्ठले पाउनु भएको थियो भने द्वितीय पुरस्कार हरिचिण्डे मा.वि.की छात्रा अस्मिता चौहान र तृतीय पुरस्कार मनसुन लामाले प्राप्त गर्नु भएको थियो । यस्तै, सान्त्वनातर्फको पुरस्कार मन्थली मा.वि.की छात्रा मन्जिता कार्की र सिक्राल मा.वि.की छात्रा कृष्ण अधिकारीले पाउनु भएको थियो । प्रतियोगितमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाबापतको नगद पुरस्कार क्रमशः ५ हजार, ३ हजार, २ हजार र ५/५ सय रुपैयाँ रहेको थियो भने प्रतियोगितामा सहभागी सबैलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायक भूमिकामा नवराज पथिक, उज्ज्वल पोख्रेल र तिलक कार्की रहनु भएको थियो । वतृत्वकलाले विद्यार्थीहरुको वाक् क्षमता वृद्धि गराउने र समसामयिक विषयमा निपुणता ल्याउने भएकोले प्रतियोगिताको आयोजना गरिएको अनेरास्ववियु मन्थली नगर कमिटीका अध्यक्ष उत्सव केसीले बताउनुभयो ।

अनेरास्ववियु मन्थली नगर कमिटीका अध्यक्ष उत्सव केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा अनेरास्ववियु केन्द्रीय सचिव सञ्जिव धिताल हुनुहुन्थ्यो । त्यसैगरी विशेष अतिथिमा क्रमशः अनेरास्ववियु स्थायी कमिटी सदस्य एवम् बाग्मती प्रदेश कमिटी सह–इञ्चार्ज सागरहरी अधिकारी, प्रदेश अध्यक्ष लालबहादुर बुढाथोकी, केन्द्रीय सदस्य एवम् स्वास्थ्य विभाग उप–प्रमुख तिलक घतानी र केन्द्रीय सदस्य तथा जिल्ला सह–इञ्चार्ज आङल्हामु शेर्पा रहनु भएको थियो । अतिथिहरुमा अखिल जिल्ला अध्यक्ष पुष्कर भट्टराई, एमाले बाग्मती प्रदेश सदस्य तथा मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ, जिल्ला कमिटी सदस्य शान्ता न्यौपाने सुबेदी, एमाले नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे, उपाध्यक्ष खुसहरी बुढाथोकी, लेखा आयोगका अध्यक्ष हरी अधिकारी, वडा कमिटी अध्यक्ष तिर्थ सुबेदी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा २ सय जनाको उपस्थिति रहेको थियो ।

© 2024 khabarprasaran.com : Developed by :- jagaran Sanchar Nepal