रामेछाप – रामेछाप मन्थली नगरपालिका–१३ मा मिल्ती खोलामा आएको बाढीले ५ वटा घरमा क्षति पु¥याएको छ ।
अविरल वर्षापछि आएको बाढीले दोलखाको मेलुङ गाउँपालिकाका विकास मगर र रामेछापका मन्थली नगरपालिका–१३ का गणेश खड्का, देवेन्द्र बहादुर मगर, युवराज खत्री र राजकुमार तामाङ लगायतको घरमा क्षति पु¥याएको हो । मानवीय क्षति भने नभएको बताउँदै जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले क्षतिग्रस्त घरमा रहेका लत्ता, कपडा तथा पसलका सामानहरु चाहिँ बाढीले बगाएको बताउनुभयो ।
रामेछाप र दोलखालाई जोड्ने मिल्तीको पुलमा समेत क्षति भएको उहाँले बताउनुभयो । बिहान केहिबेर सडक अवरुद्ध भएको भए पनि पछिल्लो समय पुनः सञ्चालनमा आएको उहाँको भनाई छ ।