काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्ध निर्माणमा क्याप्टेन रामेश्वर थापाको मूख्य भूमिका रहेको बताउनु भएको छ ।
शनिबार क्याप्टेन थापाद्वारा लिखित ‘इन टु द फायर’ नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै काँग्रेस सभापति देउवाले आफू र प्रधानमन्त्री केपी ओलीलाई नजिक बनाएर वर्तमान गठबन्धन बनाउन क्याप्टेन थापाको मूख्य योगदान रहेको बताउनु भएको हो । उहाँले क्याप्टेन थापाले नेपालमा राजनीतिक स्थायित्व दिलाउन योगदान पु¥याउनु भएको बताउनुभयो ।
‘लुकाएर लुक्ने कुरा छैन, ओलीजी र मेरोबीचमा नजिक ल्याएर अहिलेको गठबन्धन बनाउने काममा पनि उहाँको ठूलो योगदान छ,’ काँग्रेस सभापति देउवाले भन्नुभयो, ‘त्यसकारण मेरो पार्टीको तर्फबाट उहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छ ु।’ नेपालको राजनीतिक स्थिरताका लागि दुई ठूला दल मिलाउन उहाँले खेलेको भूमिकाप्रति मेरो पार्टीका तर्फबाट धन्यवाद दिन चाहन्छु ।’
असार १७ मा कांग्रेस र एमालेबीच सहमति हुँदा क्याप्टेन थापाकै घरमा राति ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।